गण्डकीमा ६१ हजार मत बदर | Khabarhub Khabarhub

गण्डकीमा ६१ हजार मत बदर


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको आयोगले जनाएको छ । जसमध्ये ५.८६ प्रतिशत मत बदर भएको हो । 

यस्तै, प्रत्यक्ष तर्फ भने ३४ हजार १३ मत मात्रै बदर भएको छ । १० लाख ४६ हजार ७ सय २८ मत खसेकोमा १० लाख १२ हजार ७ सय १५ मत सदर भएको हो । ३.२५ प्रतिशत मत बदर भएको आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । गण्डकीमा यस निर्वाचनका लागि १८ लाख १७ हजार ५ सय ४१ मतदाता थिए । त्यसमध्ये ९ लाख ३५ हजार २ सय १ महिला र ८ लाख ८२ हजार ३ सय २९ पुरुष तथा ११ जना अन्य समुहका मतदाता थिए । 

गत निर्वाचनमा समानुपातिक तर्फ २४ वटा दलको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रत्यक्ष तर्फ १० प्रतिशत मत नकटाएका १ सय ५० जनाको पनि धरौटी जफत गरिएको छ । १ सय २५ पुरुष र २५ जना महिलाको धरौटी जफत भएको हो । 

यस्तै, निर्वाचनमा भाग लिएकामध्ये ७ वटा दलले मात्रै यहाँ थ्रेस होल्ड कटाएका छन् । कुल सदर मतको १.५ प्रतिशत मत ल्याउने दलको थ्रेस होल्ड कट्छ । तर ४ वटा दलले मात्रै सांसद पाएका छन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सीट समानुपातिक सांसद पाएको हो । 

निर्वाचनमा प्रत्यक्षतर्फ २४ र समानुपातिक निर्वाचनतर्फ ३१ दलले सहभागिता जनाएका थिए । प्रत्यक्षमा २ सय ६ पुरुष र २९ महिला गरी २ सय ३५ उम्मेद्वार थिए भने समानुपातिकमा ३ सय ४४ जना उम्मेद्वार थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका हुन् ।

यसैबीच, उक्त प्रतिवेदन पौडेलले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएका छन् । गुरुङले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ७ : ५१ बजे

वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्रयाक गरे

एजेन्सी – उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन