इरानले पूर्व अफगान सैनिकलाई युक्रेन युद्धमा लड्न पठायो : तालिबान प्रशासनका शरणार्थीमन्त्री « Khabarhub

इरानले पूर्व अफगान सैनिकलाई युक्रेन युद्धमा लड्न पठायो : तालिबान प्रशासनका शरणार्थीमन्त्री


२ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका पूर्व सैनिकहरुलाई इरानले युक्रेनमा जारी युद्धमा लड्नका लागि पठाएको तालिबानका वरिष्ठ अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबान प्रशासनका शरणार्थी एवम् पुनर्मिलनमन्त्री खलिल रहमान हक्कानीले पूर्व अफगान सैनिकहरुलाई यसअघि इरानले सिरिया र इराकमा लड्न पठाउने गरेको र अहिले युक्रेनतिर पनि पठाइरहेको आरोप लगाएका हुन् ।

यस विषयमा इरानी अधिकारीहरुसँग पनि छलफल गरिएको हक्कानीको भनाइ उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएको छ ।

केही सैनिक विश्लेषकहरुले आफ्नो मुलुकमा शरणार्थीका रुपमा रहेका पूर्व अफगान सैनिकहरुलाई इरानले आफ्नो स्वार्थका लागि प्रयोग गर्नसक्ने आँकलन गर्दै आएका छन् ।

यता काबुलमा रहेको इरानी दूतावासले भने पूर्व अफगान सैनिकहरुलाई युक्रेनमा लड्न पठाएको भन्ने आरोपको खण्डन गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ३१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको