कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै | Khabarhub Khabarhub

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ ।

बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा समेत छलफल हुनेछ ।

कांग्रेसको विधानको दफा ४० मा पार्टीको संसदीय दल गठनसम्बन्धी व्यवस्था छ । सङ्घीय संसद्मा रहेका पार्टीका सांसदहरू कांग्रेस संसदीय दलका सदस्य हुन्छन । यसैगरी संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने विधानमा व्यवस्था छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ । यसैगरी निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  १ : २८ बजे

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको

विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने