वीर अस्पतालका नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन « Khabarhub

वीर अस्पतालका नौ नर्ससहित १२ कर्मचारी सम्पर्कविहीन


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीर अस्पतालले आफ्ना नौ नर्ससहित १२ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै हाजिर हुन आउन सार्वजनिक सूचना जारी गरेको छ ।

अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका रजिष्ट्रार/ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो ।

लामो समयदेखि विदा स्वीकृति नगराई अस्पतालमा अनुपस्थित भएपछि सार्वजनिक सूचना निकालेर उनीहरुलाई हाजिर हुन आउन भनिएको हो ।

बेखबर बिदा बसेका रजिष्ट्रार/ट्युटर डा. सृष्टी शाह, स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, ओमदेवी पुन, सुशीला ढकाल, सरस्वती अर्याल, शान्ति लम्साल, रेणुका अधिकारी, सकिला चौलागाईं, अन्जुकला राई, जमुना सिटौला र अनमीद्वय अनिता बसेल र साहिदा सुब्बालाई ३० दिनभित्र हाजिर हुन आउन अस्पतालले सार्वजनिक सूचनामार्फत् भनेको हो ।

अन्यथा ३० दिनभित्र हाजिर हुन नआए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कर्मचारी सेवाका सर्त तथा सुविधासम्बन्धी नियमावली र स्वास्थ्य सेवा ऐनअनुसार कारबाही गरिने सार्वजनिक सूचनामार्फत चेततावनी पनि दिइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना