लोडसेडिङको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

लोडसेडिङको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा लामो समयदेखि विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै प्रदर्शनको आयोजना गरिएको छ ।

गिल्गिट बाल्टिस्तानको स्कार्डु क्षेत्रमा स्थानीयहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रदर्शनकारीले लाल्टिन बोकेर स्थानीय हुसैनी चोकमा सरकारविरुद्ध नाराबाजीसहित धर्ना दिएको डनले उल्लेख गरेको छ । बाल्टिस्तान अवानी एक्सन समितिले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीले सो क्षेत्रमा गहुँको अभाव रहेको भन्दै यसको समस्या तत्काल समाधान गर्न समेत सरकारसमक्ष माग गरेका छन् ।

डनका अनुसार सो क्षेत्रमा दैनिक २२ घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुँदै आएको छ । यसबाहेक सरकारले त्यस क्षेत्रमा अनुदानमा दिइँदै आएको गहुँको आपूर्तिमा कडाई गरेपछि पिठोको पनि अभाव देखिएको प्रदर्शनकारीले जनाएका छन् ।

आफ्नो माग पूरा नभएको खण्डमा आन्दोलनलाई थप चर्काउने समेत प्रदर्शनकारीको चेतावनी छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा