लोडसेडिङको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

लोडसेडिङको विरोधमा पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा लामो समयदेखि विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै प्रदर्शनको आयोजना गरिएको छ ।

गिल्गिट बाल्टिस्तानको स्कार्डु क्षेत्रमा स्थानीयहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रदर्शनकारीले लाल्टिन बोकेर स्थानीय हुसैनी चोकमा सरकारविरुद्ध नाराबाजीसहित धर्ना दिएको डनले उल्लेख गरेको छ । बाल्टिस्तान अवानी एक्सन समितिले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीले सो क्षेत्रमा गहुँको अभाव रहेको भन्दै यसको समस्या तत्काल समाधान गर्न समेत सरकारसमक्ष माग गरेका छन् ।

डनका अनुसार सो क्षेत्रमा दैनिक २२ घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुँदै आएको छ । यसबाहेक सरकारले त्यस क्षेत्रमा अनुदानमा दिइँदै आएको गहुँको आपूर्तिमा कडाई गरेपछि पिठोको पनि अभाव देखिएको प्रदर्शनकारीले जनाएका छन् ।

आफ्नो माग पूरा नभएको खण्डमा आन्दोलनलाई थप चर्काउने समेत प्रदर्शनकारीको चेतावनी छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ४१ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण