संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : आरजु देउवा « Khabarhub

संविधानको सफल कार्यान्वयन गर्नु जनप्रतिनिधिको दायित्व हो : आरजु देउवा


३ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको संविधानको रक्षा गर्नु र संविधानका अधिकारलाई कार्यान्वयन गर्न लाग्नु जनप्रतिनिधिको दायित्व भएको बताएकी छन् ।

नवनिर्वाचित कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले लामो सङ्र्घष र त्यागपछि जारी भएको संविधानलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिइन।

देश र जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सबैले पदीय कर्तव्यमा क्रियाशीलता बढाउनुपर्ने बताईन् । कांग्रेस नेत्रीहरू मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, शैलजा आचार्य लगायतले गर्नुभएको लामो सङ्घर्ष र त्यागबाट मुलुकमा महिला समावेशी अधिकार स्थापित भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै नेत्री डा राणाले नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा क्रियाशीलता बढाउन र थप प्रभावकारी भूमिका निर्वाह गर्ने सम्बन्धमा तयारी थाल्नुपर्ने बताए। कार्यक्रममा कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई पार्टीका वरिष्ठ नेत्रीहरूले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ३३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी