सातौँ चन्द्रौटा महोत्सवको तयारी पुरा « Khabarhub

सातौँ चन्द्रौटा महोत्सवको तयारी पुरा


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तू – सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव–२०७९ को तयारी पूरा भएको छ । भोलि बिहीबारदेखि सुरु हुने महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवद्र्धन गर्ने रहेको मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले जानकारी दिए।

महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पोख्रेलले बिहीबार उद्घाटन गरिने जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउने, अटो व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय व्यवसायीलाई स्टलमा प्राथमिकता दिइएको पोख्रेलले बताए ।

व्यापार सङ्घ कपिलवस्तुद्वारा आयोजित महोत्सवमा कृषिजन्य उत्पादनका स्टल निःशुल्क राख्ने व्यवस्था मिलाइएको संयोजक पोखरेलको भनाइ छ । ‘कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ चन्द्रौटामा सञ्चालन हुने महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने वस्तुका लागि निःशुल्करूपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो । एक सय ५० बढी स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनीलगायत स्टल रहने बताइएको छ । महोत्सव यही पुस २१ गते समापन हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १० : ५० बजे

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले

चीन र अल्जेरियाबीच अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले शनिबार अल्जेरियाका लागि एक उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको

वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि

वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्जबाट एक अर्ब