माधव नेपाल शपथका लागि अस्पतालबाट संसद भवन जाने « Khabarhub

माधव नेपाल शपथका लागि अस्पतालबाट संसद भवन जाने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् ।

रूघा खोकी, ज्वरो र छातिमा संक्रमण देखिएपछि गत आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएर उपचार गराइरहेका उनी शपथ ग्रहणका लागि भने बिहीबार संसद भवन जान लागेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ११ : ५६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित