पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदैछ : मुख्यमन्त्री पोखरेल « Khabarhub

पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदैछ : मुख्यमन्त्री पोखरेल


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १५औँ संस्करणको हिसान स्पोर्ट्स मिटको आज पोखरामा उद्घाटन गर्दै उनले पोखरामा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता एवं खेल गतिविधिले यसलाई खेलकुदको संस्कृतियुक्त सहरका रूपमा स्थापित गर्न सहयोग गरेको बताएका हुन् ।

पोखरालाई खेलकुद राजधानीको सहरका रूपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा सङ्घीय सरकारलाई अघि बढाएको उनले बताए। हिसानले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जित नहुने बताए । खेलकुदले एकताको विकास गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्दै उहाँनले हिसानले आगामी दिनमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्का, हिसान स्पोर्ट्स मिटका संयोजक डा रामजी शर्मालगायतले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्ट्स मिटलाई निरन्तरता दिँदै आएको बताए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १० : ५४ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा