नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु « Khabarhub

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पुर्‍याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ । अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो । 

अस्पताललाई बिहीबार क्लबले ४२ लाख नगरपालिकाले रु २० लाख गरी कूल ६२ लाख सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताए । 

‘जनताको स्वास्थ्यप्रति हामी सचेत छौँ, अस्पताललाई कोइकाले एक अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तार शय्याको सङ्ख्या दुई सय पुर्‍याउने छौँ’, उनले भने ।

अस्पतालमा आगामी दुई महिनाभित्र सिटिस्क्यान मेसिन सञ्चालन गर्ने र ब्लड बैंक सञ्चालन गर्ने उनले योजना सुनाए। ‘मध्यपुरवासीलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन प्रत्येक वडामा एक डाक्टर र एक नर्स परिचालन गरी ल्यावसहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने छौँ’, उनले भने। उनका अनुसार  अस्पतालमा सेवा विस्तारका लागि नगरपालिकाले रु तीन करोड बजेट विनियोजन गरेको छ । 

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसअघि अस्पतालमा तलब खुवाउन नसक्ने अवस्था आएकोमा अहिले त्यो समस्या नरहेको बताए । नगरपालिकाले अस्पतालका लागि छुट्टै तीन करोड ५० लाखको कोष बनाएको उनको भनाइ छ । ‘नगरबासी उपचारका लागि टाढा जान नपर्ने गरी सेवा विस्तार गरेका छौँ, अहिले ५० शय्यामा रहेकोमा अब एक सय शय्यामा विस्तार गरी नर्सिङ र मेडिकल कलेजसमेत सञ्चालन गर्ने तयारी गरेका छौँ’, उनले भने । 

विसं २०६१ सालमा स्थापना भएको अस्पताल आजका दिनसम्म मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको मेडिकल डाइरेक्टर डा डिके रौशनले बताए ।

अस्पतालमा ६ शय्यामा डायलासिस सेवा सञ्चालनका लागि तत्काल एक जना चिकित्सक, तीन जना नर्स र एक जना प्राविधिक गरी पाँच जना जनशक्ति परिचालन गर्दै दैनिक एक सिफ्टमा सञ्चालन गर्ने उनको भनाइ छ । ‘अहिलेलाई एक सिफ्ट र एक महिनापछि दुई सिफ्टमा विस्तार गर्नेछौँ, त्यसपछि मेसिन पनि थपेर अझै सेवा विस्तार गर्दै जानेछौँ, अहिलेलाई भने बीमाबाट सेवा दिने र मन्त्रालयसँग सहमति लिएपछि सरकारको निःशुल्क कोटाबाट डायलासिस सेवा दिनेछौँ’, उनले भने । 

अस्पतालमा डाइलासिस सेवा सुरु गरेकोमा खुसी व्यक्त गर्दै दाता रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ पूर्व डिजी तीर्थमान शाक्य, रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ मध्यपुरथिमिका चार्टर प्रिसिडेन्ट सुरेन्द्रविक्रम प्रजापतिले क्लबले हाल डायलासिस मेसिन हस्तान्तरण गरेको र यसअघि पनि पिसिआर ल्याब, विभिन्न स्वास्थ्य सामग्री, ह्वीलचियरलगायत प्रदान गरेको जानकारी दिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ५ : ४९ बजे

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

लन्डन – होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार