अब नेतृत्वको विकल्प खोज्नुपर्छ-पौडेल « Khabarhub

अब नेतृत्वको विकल्प खोज्नुपर्छ-पौडेल


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई जीवन्त बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घ प्रदेश नं ३ प्रथम प्रदेश प्रतिनिधिसभाको शुक्रबार रत्ननगरमा उद्घाटन गर्दै पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको विकल्प कांग्रेसले खोजेको बताए ।

पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र कांग्रेसले पार्टीको नेतृत्वको विकल्प खोजेको बताए । पार्टीभित्र समयमानै निर्वाचन गरेर पार्टीलाई जीवन्त बनाउन नेतृत्वको खोजी गर्नुपर्ने समय आएको पौडेलको भनाइ थियो । पार्टीका कार्यकर्तामा नैरास्यता छाएको भन्दै उनले समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवश्यकता भएको प्रष्ट पारे ।

नेपालमा समृद्धि कांग्रेसलेनै दिनसक्ने भएकाले आम जनताको चाहना कांग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाइ थियो । उनले शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकता रहेको बताए । देश बनाउने जिम्मेवारी शिक्षा क्षेत्रबाट शुरु हुने भन्दै अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १० : ०३ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर