मुख्य सहरमा क्रिसमसमा रमे युवायुवती « Khabarhub

मुख्य सहरमा क्रिसमसमा रमे युवायुवती


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँलगायत देशभरका मुख्य सहरमा ‘क्रिसमस डे’ मनाइएको छ । मुख्य सहरमा क्रिसमसमा विशेषगरी युवायुवती बढी रमाएको देखिन्थ्यो ।

इसाई धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा डिसेम्बर २५ का दिन यस समुदायका मानिसले क्रिसमस डे मनाउँछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा इसाई समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए ।विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि यस अवसरमा सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव २०७९ आयोजना गरियो ।

पछिल्ला वर्षमा मुख्य सहरका प्रमुख स्थल क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी इसाई समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको हुन्छ । विगतका दुई वर्र्ष कोरोना महामारीका कारण क्रिसमसमा चहलपहल कम भएको थियो । यस वर्ष भने पर्यटक आउने क्रम सुरु भएकाले पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।

धेरै नेपाली पनि विना मास्क भीडभाड गरेको देखिन्थ्यो । शनिबार साँझदेखि नै युवायुवतीको समूह क्रिसमस मनाउन विभिन्न स्थानमा जम्मा भएका थिए । राजधानीको ट्राफिक जाम र भीडभाडले पनि क्रिसमसले धेरैको ध्यान खिचेको देखिन्थ्यो । छिमेकी देशमा नयाँ भेरियन्टसहितको कोरोना महामारी बढेकाले सरकारले भने स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : ४५ बजे

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै

यस्तो छ रास्वपाको प्रस्तावना नीति सिद्धान्त र कार्यदिशा (दस्तावेजसहित)

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को- रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी