शरीर तन्दुरुस्त बनाउन बिहानै पिउनुहोस जीरापानी « Khabarhub

शरीर तन्दुरुस्त बनाउन बिहानै पिउनुहोस जीरापानी


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मसलाका रुपमा प्रयोग गरिने जीरा स्वास्थ्यका लागि उपयोगि हुन्छ । शरीरलाई स्वस्थ राख्न र मोटोपन घटाउन राम्रो मानिन्छ । बिहानै जिरा पानीमा पिएमा निकै चमत्कारिक परिवर्तन महशुस गर्न सकिन्छ ।

एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन पर्दैन । यस्ता मानिसहरुका लागि सबैभन्दा प्रभावकारी उपाय जिरा पानी नै हो ।

जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ र यो पाचन क्रियाका लागि पनि निकै लाभदायक हुन्छ । यसले पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाहेक यसले झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास र कब्जियतबाट राहत दिन्छ । जिराको पानीले शरीरमा इन्जाइम बनाउँछ जुन कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई तोडेर पाचनक्रियामा सहयोग पुर्‍याउँछ ।

जिरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भइरहेको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसले शरीरको आन्तरिक अंगलाई उत्कृष्ट तरिकाले काम गर्न उत्प्रेरणा दिन्छ । थोरै जिरालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र भोलिपल्ट खाली पेटमा पिउँदा कलेजामा बाइल प्रोडक्सन बढ्ने गर्छ जसले तपाईंलाई एसिडिटी र ग्यासबाट राहत दिने काम गर्छ ।

जिराको पानी आइरनको राम्रो स्रोत हो । आइरन भएपछि नै रोग प्रतिरोधी क्षमताले राम्रोसँग काम गर्छ । यतिमात्र होइन, जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी हुन्छ र यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जिरा पानीलाई दैनिक पिउँदा रोग प्रतिरोधी क्षमताको स्तरमा वृद्धि हुन्छ र तपाईंलाई रोगले कमै छुन्छ ।

यदि तपाईंलाई निद्रा लाग्दैन भने जिराको पानीले तपाईंलाई सहयोग गर्नेछ । जिरा पानी दैनिक पिउँदा तपाईंलाई राम्रोसँग निद्रा लाग्छ । जिरा पानीमा फाइबर पनि पाइन्छ जसले शरीरको टक्सिन वा अनावश्यक बस्तु बाहिर निकाल्नमा सहयोगी भूमिका निभाउँछ । जिराको पानीले शरीरको आन्तरिक सफाई हुन्छ । यसले तपाईंको शरीरलाई हाइड्रेट राख्छ जसका कारण तपाईं फ्रेश महसुस गर्नुहुन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : २५ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’