शरीर तन्दुरुस्त बनाउन बिहानै पिउनुहोस जीरापानी « Khabarhub

शरीर तन्दुरुस्त बनाउन बिहानै पिउनुहोस जीरापानी


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मसलाका रुपमा प्रयोग गरिने जीरा स्वास्थ्यका लागि उपयोगि हुन्छ । शरीरलाई स्वस्थ राख्न र मोटोपन घटाउन राम्रो मानिन्छ । बिहानै जिरा पानीमा पिएमा निकै चमत्कारिक परिवर्तन महशुस गर्न सकिन्छ ।

एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन पर्दैन । यस्ता मानिसहरुका लागि सबैभन्दा प्रभावकारी उपाय जिरा पानी नै हो ।

जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ र यो पाचन क्रियाका लागि पनि निकै लाभदायक हुन्छ । यसले पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाहेक यसले झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास र कब्जियतबाट राहत दिन्छ । जिराको पानीले शरीरमा इन्जाइम बनाउँछ जुन कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई तोडेर पाचनक्रियामा सहयोग पुर्‍याउँछ ।

जिरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भइरहेको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसले शरीरको आन्तरिक अंगलाई उत्कृष्ट तरिकाले काम गर्न उत्प्रेरणा दिन्छ । थोरै जिरालाई रातभरी पानीमा भिजाएर राख्नुहोस् र भोलिपल्ट खाली पेटमा पिउँदा कलेजामा बाइल प्रोडक्सन बढ्ने गर्छ जसले तपाईंलाई एसिडिटी र ग्यासबाट राहत दिने काम गर्छ ।

जिराको पानी आइरनको राम्रो स्रोत हो । आइरन भएपछि नै रोग प्रतिरोधी क्षमताले राम्रोसँग काम गर्छ । यतिमात्र होइन, जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी हुन्छ र यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जिरा पानीलाई दैनिक पिउँदा रोग प्रतिरोधी क्षमताको स्तरमा वृद्धि हुन्छ र तपाईंलाई रोगले कमै छुन्छ ।

यदि तपाईंलाई निद्रा लाग्दैन भने जिराको पानीले तपाईंलाई सहयोग गर्नेछ । जिरा पानी दैनिक पिउँदा तपाईंलाई राम्रोसँग निद्रा लाग्छ । जिरा पानीमा फाइबर पनि पाइन्छ जसले शरीरको टक्सिन वा अनावश्यक बस्तु बाहिर निकाल्नमा सहयोगी भूमिका निभाउँछ । जिराको पानीले शरीरको आन्तरिक सफाई हुन्छ । यसले तपाईंको शरीरलाई हाइड्रेट राख्छ जसका कारण तपाईं फ्रेश महसुस गर्नुहुन्छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : २५ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई