बैंकिङ कसुरका चार दोषी पक्राउ  « Khabarhub

बैंकिङ कसुरका चार दोषी पक्राउ 


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुरमा दोषी ठहर भई कैद र लाखौँ जरिवाना तोकिएर फरार रहेका चार व्यक्तिलाई प्रहरीले विभिन्न क्षेत्रबाट पक्राउ गरी अदालतमा पेस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त मुद्दाका दोषी मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ बस्ने ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ३८ वर्षीय विकास ज्योति, भक्तपुर सूर्य नगरपालिका–१० बस्ने ३५ वर्षीय रामसुन्दर कार्की र गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरुलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये राजन र नवराजलाई भरतपुर चितवनबाट, विकासलाई ललितपुर लगनखेलबाट र राम सुन्दरलाई काठमाडौँको जोरपाटीबाट पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

उनीहरूमध्ये बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राजनलाई १२ दिन कैद र ३४ लाख ९० हजार जरिवाना, विकासलाई १५ दिन कैद र ४२ लाख जरिवाना, राम सुन्दरलाई चार दिन कैद र १५ लाख ९२ हजार जरिवाना र नवराजलाई १० दिन कैद तथा रु २९ लाख जरिवाना हुने फैसला सुनाएको थियो । 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ६ : ४२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००