राहदानी र लाइसेन्स लिनेहरुको लामो लाइन व्यवस्थापन गर्छाैँ : प्रचण्ड « Khabarhub

राहदानी र लाइसेन्स लिनेहरुको लामो लाइन व्यवस्थापन गर्छाैँ : प्रचण्ड


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै उनले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरणसम्बन्धी निर्णयमा हस्ताक्षर गरेका थिए।

पदभार ग्रहणपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले मुलुकमा सुशासनका साथै आर्थिक संकट समाधानका लागि ध्यान केन्द्रीत गर्ने बताए । उनले थुप्रै जटिलता र चुनौतीहरु भएपनि जनतामा आशा र भरोसा बढेको धारणा राखे । राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा पनि काम गर्ने उनले बताए ।

त्यसअघि शितल निवासमा शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्र्यापण गरेका थिए भने त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका थिए ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १२ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न