आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात « Khabarhub

आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा बदली र हिमालमा हिमपात


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ६ : ३२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार