गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने | Khabarhub Khabarhub

गृहमन्त्री लामिछानेको सांसद योग्यताबारे २२ पुसमा सुनुवाइ हुने


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे २२ पुसमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ६ पुसमै सुनुवाइ भएको थियो । त्यसबेला अदालतले अन्तरिम आदेश दिनु नपर्ने सुनाइएको थियो । मंगलबार आएको आदेशको प्रमाणित कपीमा २२ पुसमा सुनुवाइ हुने उल्लेख छ ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् । २२ पुसमा हुने सुनुवाइपछि अदालतले फैसला सुनाउने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ । 

लामिछानेले अमेरिकाका राहदानी हुँदाहुँदै नेपालको बनाएको पाइएको छ । लामिछानेको नागरिकताको विषयमा प्रहरीले नै अनुसन्धान गरिरहेको छ । तर आफ्नो नागरिकता र राहदानीका विषयमा मुद्दा परे पनि ‘कन्फ्लेक्ट अफ इन्ट्रेस्ट’ हुने गरी उनी गृहमन्त्री बनेका छन् । जसकारण उनको स्वार्थको विषयमा बहस सुरु भएको छ । 


प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ०३ बजे

वेदना राई : नाटकको आकर्षणमा बाँधिएकी रङ्गकर्मी

काठमाडौं – वेदना राई रङ्गमञ्च पृष्ठभूमि भएकी कलाकार हुन् ।

तालिवानका दुई शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी

काबुल– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शीर्ष नेताविरुद्ध पक्राउ

बेष्ट फाइनान्सको शेयर बिक्रीमा

काठमाडौं– बेष्ट फाइनान्सको शेयर बिक्रीमा खुला गरेको छ । फाइनान्सले

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा– प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण

धरानेलाई हर्क साम्पाङको कोसेली !

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ यो साता रित्तो गाग्री