नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीद्वारा पोखरा पराजित « Khabarhub

नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीद्वारा पोखरा पराजित


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

 लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भनेसाडले भान स्काल्कविकले अविजित ३१ रन बनाए । साथै, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे । बलिङतर्फ पोखराका विपिन खत्री र कुशल मल्लले समान दुई-दुई विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले समान एक-एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३१ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाएका थिए । त्यसैगरी उपुल थरङ्गाले ४२ रन जोडे भने विपिन खत्रीले ९ तथा आशिफ शेखले ६ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले तीन विकेट लिए भने किशोर महतो र गुल्सन झाले समान दुई दुई विकेट लिए । त्यस्तै हरमित सिंह र सागर ढकालले समान एक-एक विकेट लिए । यस जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । लुम्बिनीले ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समान तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजय भोग्दै अंक विहीन छ । पोखरा अंक् तालिकाको अन्तिम स्थानमा छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।

प्रतियोगिताको  विजेताले ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले १० लाख तथा चौथोले रु पाँच लाख पाउने छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  २ : ४५ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन