चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य | Khabarhub Khabarhub

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ ।

चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि न्युक्लिड एसिड परीक्षण रद्द गर्ने चिनियाँ विदेश मन्त्रालयको वेबसाइटमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, चीन भ्रमणमा आउने यात्रुले चीन प्रस्थान गर्नुभन्दा ४८ घण्टाभित्र पीसीआर परीक्षण गर्नुपर्ने र यसको रिपोर्ट साथमा राख्नुपर्नेछ । कोभिड सङ्क्रमण भएका व्यक्तिहरूलाई रिपोर्ट नेगेटिभ नआएसम्म आफ्नो यात्रा स्थगित गर्न सल्लाह दिइएको छ ।

चिनियाँ कूटनीतिक तथा कन्सुलर नियोगबाट स्वास्थ्य कोडका लागि यात्रुले आवेदन दिन आवश्यक छैन । उनीहरुले भन्सार कार्डमा आफ्नो स्वास्थ्य अवस्थाको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

असामान्य स्वास्थ्य अवस्था घोषणा वा ज्वरोको लक्षण भएका व्यक्तिहरूले भन्सारमा एन्टिजेन परीक्षण गर्नुपर्नेछ । उनीहरूलाई स्वास्थ्य अवस्था हेरेर निको नहुञ्जेलसम्म घरमै एकान्तमा बस्न वा अस्पतालमा उपचार गर्न सल्लाह दिइने बताइएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३२ बजे

निजी स्वास्थ्य क्षेत्रमा उत्पन्न परिस्थितिप्रति अफिनको ध्यानाकर्षण

काठमाडौं– निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ

ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

समाजवादी र विप्लवसँग एकता गर्न नसकेपछि छट्पटीमा प्रचण्ड

काठमाडौं– कात्तिक ७ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा