सेयर बजारमा ५९.८७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ५९.८७ अंकको वृद्धि


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार बिहानैदेखि उक्लिएको नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।

साथै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार  भएको छ । यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दूरसञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

यता, सिद्धार्थ बिमा, बहुउद्देश्यीय वित्तिय संस्था, अजोड बिमा र  सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै  धौलागिरि लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । 

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ । 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ५८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा