काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन « Khabarhub

काभ्रेको महाभारतमा केन्द्रीय विद्युत प्रसारण लाइन


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काभ्रेपलाञ्चोकको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकामा केन्द्रीय विद्युत प्रसारण लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण ग्रिड सोलार एण्ड इनर्जी इफिसियन्सी आयोजनाबाट महाभारत गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका गोकुले, घर्तीछाप, फोक्सिनटार बनखु तथा बुढाखानी क्षेत्रमा विद्युत प्रसारणको पूर्वतयारी पूरा भएसँगै परीक्षण थालिएको हो ।

पालिकामा बिजुलीको प्रसारण सुरु भएसँगै केन्द्रीय प्रसारण लाइन सबै वडामा पुगिसकेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । हालसम्म १, २ र ८ बाहेका सबै वडामा केन्द्रीय प्रसारणको लाइनसँगै शाखा प्रसारण लाइनसमेत जडान भइसकेको उनले बताए । बाँकी वडामा प्रसारणको पूर्वतयारी धमाधम भइरहेको बताउँदै जिम्बाले एक वर्षभित्र पालिकाका सबै वडामा बिजुली पुग्ने उल्लेख गरे ।

विद्युत प्रसारण आयोजना विद्युत प्राधिकरण र विश्व बैंकको सहयोग र सहकार्यमा निर्माण भई जनतालाई विद्युत प्रवाह गर्न लागेकोसमेत पालिका अध्यक्ष जिम्बाले बताए । महाभारत केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै पालिकाका नागरिकको आजका दिनसम्म पनि परम्परागत उज्यालोका स्रोत टुकी दियालो र सीमित मात्रामा सोलारको माध्यमबाट उज्यालो लिनुपर्ने बाध्यताबाट माथि उठेको जिम्बाको भनाइ छ ।

महाभारत गाउँपालिकामा विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेसँगै पालिकाका सबै तीन हजार तीन सय घरधुरी विद्युतको पहुँचमा रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले बताए । भौगोलिक विकटता र असहजताका कारण निरन्तर अभाव झलिरहेकाको यस पालिमा स्थानीय सरकार निर्वाचित भएसँगै बिजुली, खानेपानीलगायत जनआकाङ्क्षाबमोजिमका विकास निर्माणका कार्य भइरहेकोसमेत विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ४२ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त