जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध | Khabarhub Khabarhub

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको सो कार्य नगर्न अनुरोध गरे ।

प्रहरीले आफू घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, विद्युतीय उपकरणका स्वीच, मल्टिप्लक काम सकिएपछि बन्द गर्न, चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालको कुनै पनि सामग्री नराख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : ३६ बजे

आजका समाचार : दश वामशक्तिबीच एकता, झलनाथ पनि मिसिए, रामकुमारीहरू एमालेतिर जाने र अमेरिकी सरकारी शटडाउन इतिहासकै लामो

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित नेकपा (माओवादी केन्द्र)र

नाचगानबाट संकलित रकम सडक निर्माणमा सहयोग

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–१ गुर्जाका ख्याली नाच र आमा समूहले

सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बन्यो मेरियट होटल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ

जेन-जी आन्दोलनले प्रभावित सुदूरपश्चिम प्रदेशसभा छिट्टै सञ्चालन गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय

नवगठित नेकपाले पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने

काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली