नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन | Khabarhub Khabarhub

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

उनका अनुसार, चालु आर्थिक वर्ष २०७९-०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी काम भएपनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिलाइ भएकोमा अहिले योजना कार्यन्वयन प्रक्रियाको काम धमाधम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको योजना तथा बजेट शाखा प्रमुख तेजेन्द्र रोकायाले बताए । 

नेपालगञ्ज बसपार्कदेखि सूर्यगाउँसम्मको १३ सय मिटर सडक, मनिकापुर सडक, काञ्जीहाउस निर्माण, बागेश्वरी मन्दिर पुल निर्माणलगायतका पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि डिपीआर निर्माण र सम्झौताको काम भइरहेको रोकायाले बताए। केन्द्रीय सरकारको योजना अन्तर्गत अहिले नेपालगञ्जमा जमुनाहदेखि राँझासम्मको चारलेन सडक स्तरोन्नति कार्य भइरहेको छ । 

जमुनाहदेखि कोहलपुरसम्मको चारलेन सडक निर्माण भएयता यो वर्ष राँझासम्मको सडक स्तरोन्नति कार्य भइरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख निरज शाक्यले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ०५ बजे

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने