साताको शेयर बजार : अढाई अर्ब माथिको कारोबार « Khabarhub

साताको शेयर बजार : अढाई अर्ब माथिको कारोबार


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो ।

अघिल्लो साताको बिहीबार १.१४ बिन्दुले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशमलव ८९ बिन्दुमा झर्‍यो ।

सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुग्यो । नेप्से घटे पनि कारोवार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर रु ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोवार भयो । कूल १६९ कम्पनीको शेयर कारोवार भएको सोमबार नेप्से सामान्य अङ्कले घट्यो । नेप्से एक हजार २४२.०३ बिन्दुमा ओर्लियो ।

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक मङ्गलबार भने दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुग्यो ।

नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भयो । सो दिन परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुग्यो ।

कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिद बिक्री भए । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने आठ अङ्कले घट्यो । स्टकका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झर्‍यो ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

दुई कम्पनीको शेयर सूचीकृत

यस साता विभिन्न दुई कम्पनीको शेयर सूचीकृत भए । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको एक लाख २० हजार कित्ता शेयर लाभांश सूचीकृत भए । यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाको पाँच लाख १८ हजार ६७० कित्ता शेयर लाभांश सूचीकृत भएको नस्टकले जनाएको छ ।

यस साता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा पनि वाणिज्य बैंकहरु नै शीर्ष दशमा परेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसिएशिया, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक शीर्ष स्थानमा रहे । बजार पूँजीकरणमा कृषि विकास बैंकले गत सातादेखि उत्कृष्ट दशमा पर्न सफल भएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ३ : २४ बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि