आहा रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी | Khabarhub Khabarhub

आहा रारा गोल्डकपको उद्घाटन खेलमा धरान विजयी


१४ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कास्की – धरान फुटबल क्लब आजदेखि पोखरामा सुरु भएको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लबको आयोजनामा सुरु भएको २२औँ संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले निरास बनाउँदै धरानले क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

खेलको पहिलो हाफको पाँचौँ मिनेटमा धरानका प्रकाश बुढाथोकीले गरेको एकमात्र गोल टोलीको जित निकाल्न पर्याप्त भयो । सहाराका भागवत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गरेको थियो । प्राप्त मौकालाई बुढाथोकीले सदुपयोग गरी खेलमा अग्रता बनाएका थिए ।

खेलमा निर्णायक गोलकर्ता बुढाथोकी खेलमा ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । पहिलो हाफमा एक गोलले पछि परेको सहारा खेलमा फर्कन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा साविक विजेता एपिएफ फुटबल क्लबसहित १० टोलीको सहभागिता छ । प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट डिफेण्डर, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले रु २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ले ? आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए ।

प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ जना बालकले आवासीयरूपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहीबार  १० : १४ बजे

दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू)

काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाइँदै छ

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका

काठमाडौं – राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी

आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

बैतडी– राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा