नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ « Khabarhub

नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् ।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो ।

भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् ।

कम्युनिष्टको एकताबिना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए ।

संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनर्स्थापना गर्न सफल भए राष्ट्रिय स्वाधीनतामाथि खतरा र बाह्य शक्तिले चलखेलप्रति नेतृत्वको ध्यान नपुगेको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  २ : ४७ बजे

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा

नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’

काठमाडौं- नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्‍याउँदै आएको सेवाका लागि एसिया

ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग

काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले रसुवाका बाढीपीडितलाई राहत सामग्री सहयोग

नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग

काठमाडौं- नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरूमा बीमा सेवामा सहजीकरण