अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा « Khabarhub

अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा


१५ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिनअघि मात्रै मनाङ मर्स्याङ्दी क्लब छाडेर आएका अञ्जन विष्टको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

विभागीय टीम नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो ।

खेलको २५ औं मिनेटमा रवीशंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरे ।

थपिएको अतिरिक्त समयमा थप एक गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ६ : ३४ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा