नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति « Khabarhub

नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति रहेको बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौति रहेको बताएका हुन्।

पछिल्ला बर्षमा अन्तराष्ट्रिय बिमानस्थल र आन्तरिक बिमानस्थलको स्तरोन्नतीका लागि क्यानले उपलव्धीपूर्ण काम गरेको उनले बताए। सचिव अधिकारीले अमेरिका, स्वीजरल्याण्ड, रुवान्डा लगाएत बिभिन्न देशहरुसंग हवाई सेवासम्बन्धी सम्झौता अघि बढेको जानकारी दिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन बिमानस्थलमा हुने बिमान चापलाई ध्यान दिई रात्रीकालिन उडानलाई प्राथमिकतामा राखिएको जानकारी दिए । गौतलबुद्ध बिमानस्थलमा उडानमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय सेवा प्रदायकलाई सहुलियत दिइएको उनले बताए ।

उनले आन्तरिक उडानलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि पनि प्रविधिलाई पनि समायानुकुल बिकासित गर्दै लगेको जानकारी दिए ।कार्यक्रममा क्यानको बार्षिक बुलेटिन सार्वजनिक गरिएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : २६ बजे

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा