नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति « Khabarhub

नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चुनौति रहेको बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) को २४ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सचिव अधिकारीले पछिल्लो चार बर्षयता क्यानले निकै सुधारका काम गरेको भन्दै अझै नेपालको हवाइक्षेत्रलाई अझै सुरक्षित र दिगो बनाउन चूनौति रहेको बताएका हुन्।

पछिल्ला बर्षमा अन्तराष्ट्रिय बिमानस्थल र आन्तरिक बिमानस्थलको स्तरोन्नतीका लागि क्यानले उपलव्धीपूर्ण काम गरेको उनले बताए। सचिव अधिकारीले अमेरिका, स्वीजरल्याण्ड, रुवान्डा लगाएत बिभिन्न देशहरुसंग हवाई सेवासम्बन्धी सम्झौता अघि बढेको जानकारी दिए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन बिमानस्थलमा हुने बिमान चापलाई ध्यान दिई रात्रीकालिन उडानलाई प्राथमिकतामा राखिएको जानकारी दिए । गौतलबुद्ध बिमानस्थलमा उडानमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय सेवा प्रदायकलाई सहुलियत दिइएको उनले बताए ।

उनले आन्तरिक उडानलाई थप सुरक्षित र व्यवस्थित गर्नका लागि पनि प्रविधिलाई पनि समायानुकुल बिकासित गर्दै लगेको जानकारी दिए ।कार्यक्रममा क्यानको बार्षिक बुलेटिन सार्वजनिक गरिएको थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १० : २६ बजे

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ– घोराही उपमहानगरपालिका– १३ स्थित बाह्रकुने दहमा पछिल्लो समय आन्तरिक

दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

सिरहा–  जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

दमौली– सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा

रायोको सागमा ९९ प्रतिशत बढी विषादी, खान अयोग्य

काठमाडौं– रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका