६ वटा प्रदेश सभाको पहिलो बैठक आज « Khabarhub

६ वटा प्रदेश सभाको पहिलो बैठक आज


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ४ मंसिरको निर्वाचनबाट चुनिएर आएका प्रदेशसभा सांसदहरुले शपथ लिएसँगै आजदेखि देशका सातै प्रदेशसभाका बैठक सञ्चालन हुने भएका छन्। आज एकै दिन ६ वटा प्रदेशसभाको पहिलो बैठक बस्दैछ।

बागमती प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टीसमेत गरी ११० जना प्रदेशसभाका सदस्यहरुको प्रदेशसभामा प्रतिनिधित्व छ।

६० सदस्यीय गण्डकी प्रदेश सभाको बैठक दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीका एक सांसद रहेका छन्। गण्डकीमा सत्ता साझेदार दलको बहुमत छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले सरकार बनाउन सहज छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभाको पहिलो अधिवेशन दिउँसो १ बजे सुरु हुँदैछ। लुम्बिनी प्रदेशसभाको बैठक पहिलो पटक स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा बस्दा सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्नेछ।

अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ।

प्रदेश नम्बर १ को पहिलो बैठक भने आइतबार बसिसकेको छ भने दोस्रो बैठक २५ गतेलाई बोलाइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरिसकेका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ को प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले धारा १६८ को उपधारा (२) अनुसार प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश १ को सभाको सदस्यलाई प्रदेश १ को मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ५६ बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी