‘कानुन निर्माणअघि वृहत अध्ययन जरुरी’  « Khabarhub

‘कानुन निर्माणअघि वृहत अध्ययन जरुरी’ 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरूसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उनले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरूपमा काम गर्नुपर्नेमा जोड दिए।

‘स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँगको गहन छलफल जरुरी छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘एक पटक बनाएको कानुन जुनसुकै सरकार वा पार्टीलाई पनि मान्य खालको होस, त्यसले देशको हित गरोस् ।’

राष्ट्रियसभाले अत्यन्तै मेहनत गरेर तयार गरेका पाँच वा विधेयक शून्य अवस्थामा पुगेको उल्लेख गर्दै उनले थपे, ‘धेरै लगानी र मेहनत गरेर पाँच वटा विधेयक बनाइएको थियो, ती विधेयक म प्रधानमन्त्री कहाँ लिएर जान्छु, र त्यसलाई पुनः ल्याउन आग्रह गर्छु ।’ अध्यक्ष तिमिल्सिनाले नीति अनुसन्धान गर्ने स्थानमा बसेका व्यक्तिले राष्ट्रका लागि तटस्थ भएर बौद्धिकता प्रस्तुत गरी काम गर्नुपर्ने बताए। त्यसले देशको समग्र विकासमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने उनको जोड छ ।

राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले विधेयक बनाउन संविधानले अवलम्बन गरेको सहकार्य, समन्वय र सहअस्तित्वको नीति अपनाउनुपर्ने बताए । उनले प्रभाव र पहुँचका आधारमा रातारात कानुन बनाउन नहुने सुझाव पनि दिए ।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले संसद्ले बनाएको कानुनको अक्षरशः पालना गरेर जानुपर्नेमा जोड दिँदै कानुनमा एक थरी र व्यवहारमा अर्को थरी हुन नहुने बताए । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले राज्यले कानुन बनाउन आवश्यक ठानेका विषयलाई वृहत अध्ययन, अनुसन्धान गर्नुपर्ने र कानुन बनाउने जनप्रतिनिधिले पनि कानुन निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

राष्ट्रियसभाका सांसदहरू गङ्गाकुमारी बेल्बासे, नरबहादुर विष्ट, डा विमला राई पौडेल, भैरवसुन्दर श्रेष्ठलगायतले कानुन बनाउन आवश्यक पर्ने विषयमा विषय विज्ञ, सरोकारवाला निकायसँग गहन छलफल गरेर मात्र अन्तिमरुप दिनुपर्ने सुझाव दिएका थिए । प्रतिष्ठानका अध्यक्ष डा विष्णुराज उप्रेतीले प्रतिष्ठानको परिचय, उद्देश्य प्रस्तुत गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध तथा शासकीय सुधारका क्षेत्रका विभिन्न पक्षमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सरकारलाई सिफारिस गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : ५० बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर