घट्दैछन् मौलिकता बोकेका ‘ढुङ्गे घर’ « Khabarhub

घट्दैछन् मौलिकता बोकेका ‘ढुङ्गे घर’


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन –गाउँगाउँमा सडक पुग्यो । सडकसँगै आधुनिकता पनि गाउँमा पुग्यो । केही वर्ष अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले सर्लक्क मिलाएर छाइएका रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरु देखिन्थे । सहर बजारबाट जोकोही गाउँमा पुग्दा ति घरहरुले मनै लोभ्याउने गर्थे ।

परम्परागत रुपमा बनेका ति घरले धेरैलाई आकर्षित गरेको पाइन्थ्यो । उति बेला गाउँमा अहिलेको जस्तो मोटरगाडी गुड्दैनथे । मान्छेहरु पैदल नै हिँड्थे । तर अहिले सडक नपुगेका गाउँहरु छैनन् । सडकसँगै गाउँ पुगेको आधुनिकताले मौलिकता हराउँदै गएको छ । दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ति पुराना परम्परागत घरमा परेको छ । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमधम सिमेन्ट र कङ्क्रिटका घर ठडिदै छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाले छाउन थालेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले मानिस सजग र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेको बताए। उनले परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताए।

प्रमुख श्रेष्ठले परम्परागत घर सबै जोखिममा नहुने भन्दै त्यस्ता घर तथा भवन बनाउँदा मापदण्ड चाही अपनाउनुपर्ने बताए । “मानिसको सोँच परिवर्तन हुँदै गएको छ, उनीहरु प्रविधिसँग जोडिन थाले । नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न थाले । त्यसैले ढुङ्गे घर कम बन्न थाले”, प्रमुख श्रेष्ठले भने, “पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन, अहिले छ, त्यसैले पनि गाउँमा परम्परागत कम र आधुनिक घर बढे ।”

बागलुङको निसीखोला गाउँपालिका–५ निसीका विभिन्न बस्तीमा तीन वर्ष अगाडि गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । अहिले ती बस्तीमा पुग्दा विभिन्न रङ्गका जस्तापाताले घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छ । गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरुपमा बनाउन थालेको स्थानीय नवीनकुमार घर्तीले बताए।

घर्तीले भने, “आधा दशक अगाडिसम्म गाउँमा धेरै घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले त दिनदिनै गाडी आउँछन्, गाउँलेले बजारीहरुको सिको गरेर सबै घर बजारकै जस्ता बन्न थाले, धनीमानीले ठूलै पिल्लावाला घर बनाई रहेका छन्, अलिअलि हुनेले टिनको छाना हाल्न थालेका छन् ।”

बागलुङ नगरपालिका–४ कुँडुलेमा एक दशक अगाडिसम्म ढुङ्गे घरहरु टन्नै थिए । अहिले ढुङ्गाका घरका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक कुँडुलेमा नपुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैले पक्की भवन बनाउन थालेको स्थानीय देवबहादुर खत्रीले बताए ।

खत्रीले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरुले गाउँमा परम्परागत घर र ढुङ्गे घर विस्थापित गरी पक्की घर बनाउन थालेको बताए । उनले भने, “त्यो ठाउँमा सबै ढुङ्गाका घर थिए, केही–केही खरका, पक्की घर त यहाँ एउटा थिएन, अहिले हेर्नु यहाँ कति घर बने रु यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउँछन्, दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक÷दुई वर्षमा यहाँ ढुङ्गाका घरहरु पनि देख्न पाइँदैन ।”

ताराखोला गाउँपालिका–२ भातखानेडाँडामा आधा दशक अगाडिसम्म दुई÷चार वटा खर र ढुङ्गाका ससाना घर थिए । तीव्र विकासले भातखानेडाँडामा ठूला–ठूला पक्की घर बने । पहिले ढुङ्गा र खरले छाएका घर भएको ठाउँमा सिमेन्ट कङ्क्रिटका पक्की घर बने । यहाँका स्थानीय सरकारहरुले पनि खरको छानो विस्थापित गरी रहेका छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ३८ बजे

विश्वकप लिग-२ : ओमानविरुद्धको खेलका लागि क्यानले टिकट दर घटायो, अब २०० मात्रै

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा

मन्त्रिपरिषद् बैठक बस्दै : के छ कार्यसूची

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

कैलाली – कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको

सुकुम्वासी बस्तीबाट विस्थापित बालबालिकाको प्रश्न : घर नै छैन, स्कूल कसरी जाऊँ ?

काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी