रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता « Khabarhub

रैथाने बालीको बजारीकरणका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ ।

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको हो ।

शाखाका निमित्त शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र सिमीकोट गाउँपालिकाका प्रशासकीय अधिकृत उजिर रोकायाले प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९‍/०८० मा लागू हुने गरी ५० क्विन्टल सिमी र चिनो कम्पनीले पहिलो पटक खरिद गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउनका लागि खाद्य व्यवस्था खरिद बिक्री शाखा कार्यालय काठमाडौँले पत्राचार गरेपछि सम्झौता भएको हो ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ६ : ३५ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु