प्रधानमन्त्री कप महिला क्रिकेट छनोट : बैतडीको पहिलो जित « Khabarhub

प्रधानमन्त्री कप महिला क्रिकेट छनोट : बैतडीको पहिलो जित


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो ।

आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको अछामको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटीयो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिङ्की बोहराले समान दुई विकेट हात पारे ।

त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय छ रन बनायो । कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाइन् । बलिङतर्फ अछामकी रविना साउँद, अस्मिता औजी र कविता सुनारले समान एक विकेट लिए । उक्त खेलको प्लेयर अफ द म्याच बैतडीकी कप्तान रितु कनौजिया घोषित भइन् ।

यसअघि सोमबार बैतडी कञ्चनपुरसँग पराजित भएको थियो । बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ । प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ ।

उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा हुने तय भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ७ : ३५ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन