दुई केजी चरेशसहित एक भारतीय पक्राउ « Khabarhub

दुई केजी चरेशसहित एक भारतीय पक्राउ


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – सशस्त्र प्रहरीले दुई केजी चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बाराको सुवर्ण गाँउपालिका ३ स्थित सन्तगञ्ज सीमा क्षेत्रबाट भारत मोतिहारी बेलगाँउका ३० वर्षीय राजकुमार पक्राउ परेका हुन्।

बिओपी कबहीगोठबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

बिआर ०५ एभी ३०४२ नम्बरको भारतीय नम्बर प्लेट भएको मोटरसाइकल चलाएर भारततर्फ जाने क्रममा चेकजाँच गर्दा चार वटा चरेशको प्याकेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अमरबहादुर खत्रीले चरेशसहित पक्राउ परेका राजकुमारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जानकारी दिए।

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ७ : ०१ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु