दाउरा काट्दा रुखबाट लडेर घाइते भएकी महिलाको मृत्यु « Khabarhub

दाउरा काट्दा रुखबाट लडेर घाइते भएकी महिलाको मृत्यु


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते भएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ५८ बजे

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु