स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कमल गाउँपालिका ५ लवडाँडामा बुधबार राति प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटरसम्म ठक्कर खाएको थियो।

घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार झापाकै शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा  भइरहेको छ ।

दुवै चालक र ३ वटै सवारी साधनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ११ : १३ बजे

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई