अवरुद्ध घिरिङको कृष्णमार्ग सञ्चालन हुने « Khabarhub

अवरुद्ध घिरिङको कृष्णमार्ग सञ्चालन हुने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ। विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो।

कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ। मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा