विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण « Khabarhub

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मिक्लाजुङ – पूर्वी पहाडि जिल्ला पाँचथरको सबैभन्दा विकट तथा दुर्गम रहेको याङवरक गाउँपालिका–२ को बर्मेगाउँमा रहेको तिम्बुपोखरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शनिबार चिसोबाट बच्न न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

जिल्लामा क्रियाशील संस्था जनसेवा समाज पाँचथरको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरको समुदाय–प्रहरी साझेदार कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई चिसोबाट बच्न ती सामग्री प्रदान गरिएको हो।

चिसोको समयमा हिउँ पर्ने त्यस भेगमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै लगेर स्वीटर, टाउजर, टोपी, मोजा तथा स्टेशनरी सामग्री वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए।

अन्यन्तै विकट रहेको उक्त विद्यालयमा यातायातका साधन पनि नपुग्ने पैदलयात्रा गर्नुपर्ने, हिँड्ने गोरेटो बाटो पनि अप्ठ्यारो र भिरको यात्रा गर्नुपर्ने रहेको छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : ४५ बजे

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि