प्रचण्डद्वारा नेकपा एस र जसपासँग विश्वासको मत माग « Khabarhub

प्रचण्डद्वारा नेकपा एस र जसपासँग विश्वासको मत माग


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग विश्वासको मत मागेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ । यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

भेटपछि माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । यस्तै जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताउँदा नेकपा एस अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया नै दिएनन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : १७ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक