डा‍. बाबुरामलाई छाडेकी करिश्माको राजनीतिक मोह ! « Khabarhub

डा‍. बाबुरामलाई छाडेकी करिश्माको राजनीतिक मोह !


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर फिल्मका कारण चर्चामा आउन छोडेको धेरै भइसक्यो । पछिल्लो समय उनी फिल्म ‘हिरोज’ मा देखिएकी थिइन् । तर, यो फिल्म पूर्ण रुपमा असफल भयो भन्दा फरक नपर्ला । त्यसो त करिश्मालाई फिल्मसम्बन्धी कार्यक्रममा भने प्राय: देखिन्छ ।

४२ वर्ष लागिसकेकी करिश्माले यसै वर्ष एसईई उत्तीर्ण गरिन् । अहिले करिश्मा दुई कारणले चर्चामा छिन्, पढाइ र राजनीति ।

फिल्मको चर्चा हुन छोडेको लामो समय भइसकेको छ ।

केही समयअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध करिश्माले केही समयअघि राजनीतिबाट विश्राम लिएको बताएकी थिइन् । राजनीतिबाट विश्राम लिने भने पनि राजनीतिबाट उनको सक्रियता भने घटेको छैन, बरु बढेको छ । करिश्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको जन्मदिनमा सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छिन् ।

यसलाई कतिपयले नेकपाप्रति करिश्माको झुकावका रुपमा हेरेका छन् ।

करिश्माले केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेट भेट गरेको बताइन्छ । अहिले भने उनको चासो नेकपातिर ढल्केको कतिपयको भनाइ छ । अहिले नेकपा सत्तामा छ ।

त्यसो त करिश्माले आफूले सामाजिक विषयमा पनि आवाज उठाएकी हुन्छिन् । समाज कस्तो हुनुपर्छ र विकास कसरी गर्न सकिन्छ भन्नेमा खुबै चासो राख्ने करिश्मा अब फेरि राजनीतिमा फर्किने हुन् या उनले भनेझैँ  नआउने हुन्, त्यो त समयले नै बताउला ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : ३३ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति