मानव अधिकार आयोगद्वारा सरकारलाई पत्राचार « Khabarhub

मानव अधिकार आयोगद्वारा सरकारलाई पत्राचार


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार तथा यौनजन्य हिंसाका घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि गृह मन्त्रालयबाट हालै भएको पहललाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै आयोगले पत्राचार गरेको हो ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गइरहेको सन्दर्भमा पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोग सरकारलाई पत्राचार गरिएको उल्लेख छ ।

पत्रमा भनिएको छ, “निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट खटिएको विज्ञसहितको टोलीबाट प्राप्त सुझावबमोजिम आयोगले मिति २०७५ माघ १३ मा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई गरेको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखी सो घटनालाई निष्कर्षमा पुर्‍याउन जरुरी छ ।”

विगत केही वर्षदेखि नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गइरहेको र गत वर्ष मात्र दुई हजार तीन सय ८० जना महिला तथा किशोरीहरु जबर्जस्ती करणीको घटनाबाट पीडित भएको यी घटनाका अधिकांश दोषीहरू पहिचान हुन नसकेको एवं तत्काल कारबाहीको प्रक्रियामा लैजान नसकिएको पत्रमा उल्लेख छ । डा टीकाराम पोखरेलका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमाथि हुने गरेका हिंसाका घटनाहरुको उजुरी उपर तत्कालै सम्बोधन गर्न पत्रमा माग गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ५९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि