४३ सय वर्ष पुरानो बेबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत « Khabarhub

४३ सय वर्ष पुरानो बेबिलोन शहर विश्व सम्पदा सूचीमा सूचीकृत


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाकु– संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले इराकको प्राचिन बेबेलोन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।

अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनले ४३०० वर्ष पुरानो शहरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने निर्णय गरेको हो । उक्त क्षेत्रमा हाल भग्नावशेष र दुई संग्रहालय छन् ।

इराकले दशकौंदेखि युनेस्कोसमक्ष बेबिलोन शहरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्दै आएको थियो । इराकी प्रधानमन्त्री अदिल अब्दुल महदी, राष्ट्रपति बर्हाम सालेह, सँस्कृतिमन्त्री अब्दुल अमिर हमदानी र अन्य इराकी अधिकारीले युनेस्कोको निर्णयलाई स्वागत गरेका छन् ।

दशकौंयता इराकमा चलेको द्वन्द्वअघि हरेक वर्ष दशौं हजार पर्यटकले भ्रमण गर्ने उक्त क्षेत्रमा हाल भने थोरैमात्र पर्यटक आउने गरेका छन् ।
बेबिलोन शहरमा बेबिलोन राजा हम्मुराबीले विख्यात ऐतिहासिक ‘हम्मुराबीको नियम’ लेखेका थिए । यही शहरमा तत्कालिन नव बेबिलोन साम्राज्यका शासक नेबुकन्दनेजारले अभूतवूर्प झुल्ने बगैँचा निर्माण गरेका थिए ।

नेबुकन्दनेजारले यही शहरबाट जेरुसलेममा आक्रमण गरी यहुदीहरुलाई दासका रुपमा बेबिलोनियामा ल्याएका थिए । त्यस्तै, एशिया, युरोप र अफ्रिका गरी तीन महादेशमा शासन गरेका मेसेडोन शासक अलेक्जाण्डर महान्ले पनि यही शहरमा प्राण त्योगेका बताइन्छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : २६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली