विश्व इतिहासमा आज भएका घटनाक्रम | Khabarhub Khabarhub

विश्व इतिहासमा आज भएका घटनाक्रम


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज १४ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

युगोस्लाभियामा टिटो युगको सुरुवात

सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए। टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन्।

दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति

दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए। मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो। इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ।

एलिजावेथ प्रथम बेलायतकी महारानी

सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन्। भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन्।

सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा

सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए। गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ३५ बजे

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार