गरिब तथा जेहेन्दारलाई गाउँपालिकाद्वारा छात्रवृत्ति प्रदान  « Khabarhub

 गरिब तथा जेहेन्दारलाई गाउँपालिकाद्वारा छात्रवृत्ति प्रदान 


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दारलाई छ लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरूप छ लाख ५० हजार वितरण गरेको हो । 

गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 

‘विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उनीहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ’, चुमानले भने । 

छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् । छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका-३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै छन् । गाउँपालिकालाई उनीहरूलाई एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ । 

आँबुखैरेनीस्थित मित्रता माविमा कृषिमा स्नातक अध्ययनरत सरन विकलाई ५० हजार, गण्डकी आवासीय माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत वृक्षा बयलकोटीलाई ३० हजार, गोल्डेन गेट इञ्जीनियरिङ कलेजमा अध्ययनरत सुलभ श्रेष्ठलाई ५० हजार, अरोमा माध्यमिक विद्यालयमा अध्ययनरत आस्था थापालाई ३० हजार, राम शाह माविमा अध्ययनरत विमल गुरुङलाई १५ हजार, बिबिए अध्ययनरत श्रेया गौलीलाई ५० हजार, राम शाह माविमा अध्ययनरत रचना प्रगतिलाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत अनिष रसाइलीलाई ३० हजार छात्रवृत्ति रकम वितरण गरिएको छ । 

राम शाह माविमा अध्ययनरत सिर्जना थापालाई रु १५ हजार, सङ्गम मगरलाई १५ हजार, मिरिन आलेमगरलाई १५ हजार, मित्रता माविमा अध्ययनरत सुनिता नेपालीलाई १५ हजार, राम शाह माविमा अध्ययनरत विमला गुरुङलाई १५ हजार, शुक्रराज गुरुङलाई १५ हजार, आँबुखैरेनी क्याम्पसमा अध्ययनरत खिलमाया खवासलाई रु २० हजार, पूर्णिमा खवासलाई रु २० हजार, जनप्रिय माविमा अध्ययनरत दिक्षा दुवाडीलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत रक्षा खनाललाई ५० हजार, सलिना विकलाई ५० हजार र पूजा नेपालीलाई १५ हजार वितरण गरिएको छ । 

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : २६ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले