पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता | Khabarhub Khabarhub

पर्यटकीयस्थल बन्दिपुरमा गोरु जुधाइ प्रतियोगिता


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – माघे सङ्क्रान्ति पर्वको अवसरमा आज तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

नारायण–गोपाल युवा क्लबद्वारा बन्दीपुर गाउँपालिका–२ स्थित कुकुर्दीमा आयोजित गोरु जुधाइमा हल्थुम्काका नवीन गुरुङको गोरु प्रथम र कुकुर्दीका सन्तोष गुरुङको गोरु द्वितीय भएको छ ।

उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका १४ हल गोरु सहभागी गराइएको क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने गोरुका धनीलाई नगद रु १५ हजार र दोस्रो हुनेलाई रु सात हजार पुरस्कार प्रदान गरिएको छ ।

क्लबले प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा सो प्रतियोगिता गर्दै आएकाले यस वर्ष पनि निरन्तरता दिइएको उनले बताए । सोही अवसरमा क्लबले आमा समूहका लागि डोरी तान्ने प्रतियोगिता, पुरुषका लागि बाँसको लिङ्गोबाट भाले टिपाइ प्रतियोगिता र खुलातर्फ घैँटो फुटाइ प्रतियोगिता तथा विभिन्न किसिमका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेर माघे सङ्क्रान्ति मनाइएको सो क्लबले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ३६ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण