खराब मौसमले आन्तरिक उडान प्रभावित « Khabarhub

खराब मौसमले आन्तरिक उडान प्रभावित


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताए। उनले भने, ‘काठमाडौँ विमानस्थल खुला छ, अहिलेसम्म बाहिरका विमानस्थल लगभग सबै बन्द छन् ।’

देशको तराइका भू-भागमा हुस्सु-कुहिरो लागेकाले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । महाप्रबन्धक ठाकुरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसम खराबीका कारण अहिलेसम्म उडान हुन सकेको छैन । दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज देशभरको सबै उडान स्थगित गरेको छ । पोखरा गन्तव्यमा विभिन्न एयरलाइन्सको उडान तालिका छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १ : ०५ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको