घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज « Khabarhub

घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो ।

अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रु ३५ लाख बजेट बिनियोजन भएको तिवारीले बताए । उनले निकै कम रकममा ठेक्क परेको बताउँदै अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए ।

निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यस्तै तराई भूपरिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत भइरहेको उनले जानकारी दिए । यसका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।

निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भइरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिएलगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिनेछ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमति लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताए । चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।

निकुञ्जको १० प्रतिशत भूभागमा घाँसेमैदान रहेको छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जाने क्रम कम हुने छ । घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : १८ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई