चितवनमा सुन्तला उत्पादनमा वृद्धि « Khabarhub

चितवनमा सुन्तला उत्पादनमा वृद्धि


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

केन्द्रका सूचना अधिकारी मीनबहादुर पुन मगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उनका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा एक सय २५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलब ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नौ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुजस्ता कारण रहेका उनले बताए ।

उनले भने, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणलेसमेत उत्पादन बढेको उनले बताए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ३ : ५९ बजे

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा