पोखरामा विमान दुर्घटना : विशेषज्ञ टोलीले शवको पोष्टमार्टम सुरू गर्दै | Khabarhub Khabarhub

पोखरामा विमान दुर्घटना : विशेषज्ञ टोलीले शवको पोष्टमार्टम सुरू गर्दै


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु गर्ने तयारी भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् ।

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घण्टासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : ४७ बजे

नाउपाको कार्यवाहक अध्यक्षमा बास्तोला 

काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

जेरुसलेम- इजरायली सेनाले आइतबार गाजाका ठूलो जनसङ्ख्या भएका तीन क्षेत्रमा

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि