दुर्घटनाग्रस्त विमानको 'ब्लाक बक्स' छानबिन आयोगको जिम्मामा | Khabarhub Khabarhub

दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ छानबिन आयोगको जिम्मामा


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार बिहान फेला परेको दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्लाक बक्स’ थप अनुसन्धानका लागि छानबिन आयोगलाई जिम्मा लगाइएको छ ।

आइतबार बिहान दुर्घटना भएको विमानको ‘ब्लाक बक्स’ सोमबार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाइएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतबार गठन भएको छानबिन आयोगले आजैबाट काम सुरु गरेको छ ।

विमान दुर्घटनामा ‘ब्लाक बक्स’ लाई महत्वपूर्ण प्रमाणका रुपमा लिइन्छ ।

पोखरामा विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा सदस्य छन् ।

आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ५ : ०७ बजे

सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक तथा निर्माता विशाल

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ– अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज

खडेरीले सुकायो कलधारा

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको